काठमाडौ । विएण्डसी मेडिकल कलेज तथा शिक्षण अस्पतालले ठूलो संख्यामा नर्स तथा मेडिकल अफिसरका लागि दरखास्त माग गरेको छ ।
झापा विर्तामोडमा रहेको मेडिकल कलेजले स्टाफ नर्स र सिनिएर स्टाफ नर्स गरी ५० जना माग गरेको छ ।
उक्त पदमा दरखास्त दिने नर्सले पिसिएल नर्सिङ पास गरेको हुनुपर्नेछ । अनुभव नभएका नर्स देखि दुई वर्ष अनुभव भएका नर्सले आवेदन दिन सक्नेछन् । मेडिकल अफिसर भने केही मात्रामा माग गरेको छ । मेडिकल अफिसरको लागि एमविविएस पास गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । मेडिकल कलेजले आइटी टेक्निसिएन पनि दुईजना माग गरेको छ ।
हेरौंसूचनाः
