काठमाडौँ, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।
नेपाली सेनाको १६ जनाको मेडिकल टिम र औषधिसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डसगै पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् ।
जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।