• बिहीबार , ५ कात्तिक २०८३
  • images

    ड्युटीमा रहेकी महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार

    ड्युटीमा रहेकी महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार

    अस्पताल प्रमुख पौडेल सम्पर्कविहीन

    हेल्दीखबर
    सोमबार, साउन १५ २०८०
    हेल्दीखबर
    सोमबार, साउन १५ २०८०
    ड्युटीमा रहेकी  महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार

    कपिलवस्तु, १५ साउन  । शिवराज नगरपालिकाको आधारभूत अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार भएको छ । 
     गत शुक्रवार ड्युटीमा रहेका महिला स्वास्थ्यकर्मीलाई  आधारभुत अस्पताल प्रमुख सिनियर अहेव लेखनाथ पौडेल र अर्का एक स्थानीयले यौन दुर्व्यवहार गरेका हुन् ।
    पौडेल सहित स्थानीय भुवन पाण्डेले दुर्व्यवहार गरेको आरोप महिला स्वास्थ्यकर्मीको छ।
    आरोपित पौडेल र पाण्डे सम्पर्कविहीन छन् ।  अहेब पौडेललाई साउन १ गतेबाट अस्पतालको जिम्मेवारी प्रदान गरिएको थियो
     
    शुक्रवार राति करिब १ बजे मदिरा सेवन गरेका पौडेल र पाण्डेले महिला स्वास्थ्यकर्मीलाई जबरजस्ती कपडा खोल्न लगाउने, वेडमा सुत्न लगाउने गरेका थिए। 
       नगर प्रमुख अजय थापाले घटनामा नाम जोडिएका पौडेललाई जिम्मेवारीबाट हटाइ छानबिन गर्न  समिति गठन गरिएको बताउनुभयो ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार