• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    दुर्घटनामा मन्त्री सिंहको निधन 

    दुर्घटनामा मन्त्री सिंहको निधन 

    हेल्दीखबर
    मंगलबार, असार ५ २०८०
    हेल्दीखबर
    मंगलबार, असार ५ २०८०
    दुर्घटनामा मन्त्री सिंहको निधन 


    काठमाडौं, ५ असार । सवारी दुर्घटनामा परेर घाइते  सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा  निधन भएको छ। 

      प्रहरी निरीक्षक दिपेश चौलागाईंले सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिनुभयो।

    images

    सिंहसहित दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन्। दुर्घटनामा घाइते मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो।

    मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार