• बिहीबार , ५ कात्तिक २०८३
  • images

    बागमती प्रदेशले गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गर्ने

    बागमती प्रदेशले गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गर्ने

    हेल्दीखबर
    सोमबार, जेठ ८ २०८०
    हेल्दीखबर
    सोमबार, जेठ ८ २०८०
    बागमती प्रदेशले गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गर्ने

    काठमाडौँ, ८ वैशाख । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याउने बताउनुभएको छ।

    मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि बनाउनुपर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो।

    images

    मन्त्री जोशीले सीमित स्रोतसाधनको अत्यधिक उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रका समेट्नुपर्ने महत्वपूर्ण कार्यक्रमसम्बन्धी सल्लाह र सुझाव दिन कर्मचारीलाई आग्रह गर्नुभयो।

    मन्त्री जोशीले  स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालय भन्दा फरक र जनतासँग सिधै चासो राख्ने विषय भएकाले यस तर्फ विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार