• बिहीबार , ५ कात्तिक २०८३
  • images

    बागमती प्रदेशको स्वास्थ्य सचिवमा श्रीराम लुईटेल नियुक्त

    बागमती प्रदेशको स्वास्थ्य सचिवमा श्रीराम लुईटेल नियुक्त

    हेल्दीखबर
    मंगलबार, वैशाख २६ २०८०
    हेल्दीखबर
    मंगलबार, वैशाख २६ २०८०
    बागमती प्रदेशको स्वास्थ्य सचिवमा श्रीराम लुईटेल नियुक्त

     
    काठमाडौँ, २६ बैशाख । सरकारले बागमती प्रदेशको  स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सचिवमा श्रीराम लुईटेललाई सरुवा गर्ने निर्णय गरेको छ ।

     यसअघि स्वास्थ्य मन्त्रालयमा  बद्रीबहादुर खड्का सचिव पदमा हुनुहुन्थ्यो ।
    यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि डा जनार्दन पन्थीलाई कामकाजमा पठाउने निर्णय गरेको छ । त्यहाँ  डा विनोदकुमार गिरी सचिव हुनुहुन्थ्यो  ।

    images

    यस्तै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा भोजराज काफ्लेलाई पठाउने निर्णय गरेको छ । उनी यसअघि चिकित्सा शिक्षा आयोगको सदस्यसचिव हुनुहुन्थ्यो ।
    यस्तै सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सचिवमा ज्ञान प्रसाद ढकाललाई कामकाज गर्न पठाउने निर्णय गरेको छ ।  
    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्दा लुम्बिनी र बागमती प्रदेशको स्वास्थ्य सचिव समेत परिवर्तन गरेको हो। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव समेत फेरिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार