• सोमबार, १५ भदौ २०८३
  • images

    नेपाल स्वास्थ्यकर्मी युनियनको अध्यक्षमा शर्मा  र महासचिवमा गिरी निर्वाचित 

    नेपाल स्वास्थ्यकर्मी युनियनको अध्यक्षमा शर्मा  र महासचिवमा गिरी निर्वाचित 

    हेल्दीखबर
    शनिबार, वैशाख २३ २०८०
    हेल्दीखबर
    शनिबार, वैशाख २३ २०८०
    नेपाल स्वास्थ्यकर्मी युनियनको अध्यक्षमा शर्मा  र महासचिवमा गिरी निर्वाचित 

     


    काठमाडौं,२३ वैशाख ।  नेपाल स्वास्थ्यकर्मी युनियनको अध्यक्षमा उज्वल कुमार शर्मा सर्वसम्मत निर्विरोध निर्वाचित हुनुभएको छ । 

    युनियनको चौथो राष्ट्रिय महाधिवेशनले शर्मालाई अध्यक्षमा पुनः सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित गरेको हो।
     महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डिल्ली शेर केसी, जर्वन कुमार यादव र रञ्जिता सिंहलाई चयन गरेको छ। 
    महासचिवमा अरुण कुमार गिरी चयन हुनुभयो।
     
    केन्द्रीय उपाध्यक्ष कोशी प्रदेशमा मो. फिरोज अलि राइन, केन्द्रीय उपाध्यक्ष मधेश प्रदेशमा रामबाबु ठाकुर, बागमती प्रदेशको उपाध्यक्षमा दिल कुमार दुवाल, गण्डकी प्रदेशमा  सिताराम कार्की, लुम्बिनी प्रदेशको उपाध्यक्षमा नारायण प्रसाद अर्याल, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा उत्तम प्रसाद उपाध्याय निर्वाचित हुनुभयो।

    यस्तै, उपाध्यक्ष मधेशीमा विजय कुमार सिंह, उपाध्यक्ष खुलामा सन्तमान मानन्धर, उपाध्यक्ष महिलामा रन्जना कुमारी साह, सचिव कानुन खुलामा अनिलराज ढुंगेल, सचिव मधेशी संगठनमा मनोज कुमार यादव, सचिव सचिवालय खुलामा डा संगम खाइजु, सचिव अतिरिक्त क्रियाकलाप खुलामा विकाउ महतो चयन गरिएको छ।

    सचिवमा दिलिप कोइराला, सचिव महिलामा संगिता राई, सचिवमा श्याम सुन्दर पोखरेल, कोषाध्यक्षमा लता महत, सह सचिव खुलामा हिरा बहादुर कार्की, सह सचिव महिलामा लक्ष्मी कोइराला, सह सचिव खुलामा विश्वराज दाहाल, सह सचिव मधेशीमा राधेश्याम कलवार, सह सचिव खुलामा विजय कुमार देव, सह कोषाध्यक्ष मधेशीमा मनोज कुमार मण्डल, सह कोषाध्यक्ष महिलामा लक्ष्मी आचार्य चयन भएका छन्। यो सँगै ६४ जना कार्यसमिति पनि चयन गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार