• शनिबार, ७ कात्तिक २०८३
  • images

    मुगुमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन

    मुगुमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन

    हेल्दीखबर
    आइतबार, चैत २६ २०७९
    हेल्दीखबर
    आइतबार, चैत २६ २०७९
    मुगुमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन

     

    काठमाडौं, २६ चैत । दुर्गम जिल्ला मुगुको मुगुम कार्मारोङमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन संचालन भएको छ।  
    जसमा स्वास्थ्य सेवा केन्द्र छायल र स्वास्थ्य चौकि पुलुमा माँग्री ‌र पुलु गरि ३६  जना गर्भवतीलाइ जाँच गरिएको थियो।  एक जनालाई भने जिल्ला अस्पताल मुगुमा रिफर गरिएको थियो।

    images

    चैत्र १२ गतेबाट सुरू गरिएको अल्ट्रासाउन्ड कार्यक्रम अन्तरगत टाढा टाढा रहेका  बस्तिहरूमा सेवा संचालन गरिएको थियो।


    विगतका वर्षहरूमा नेपाल सरकारले प्राथिमकतामा राखेर पठाएको ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम जिल्ला अस्पतालबाट तालिम प्राप्त नर्सिङ तथा चिकित्सकको समय कुरेर संचालन गर्नुपर्ने अवस्थाले सबै बस्तिहरूमा यो सेवा विस्तार गर्न सकिएको थिएन।

    गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले यो वर्ष पहिलो चौमासिक अवधिमा सम्वभ नभएपनि  चैत्र १२ गते पालिकाको पुलु स्वास्थ्य चौकीबाट सुरु गरिएको  बताउनुभयो। यसका निम्ति भिडियो एक्सरे सहित तालिम प्राप्त स्वास्थ्यकर्मी गाउँमा नै आउने  बताउनुभयो।

    स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बलि बहादुर बुढाले महिलाको  परिक्षण मात्रै नभएर जटिलता पत्ता लगाउने अवसर र स्वास्थ्य संस्थामै सुत्केरी हुनको लागि निम्तो दिने कार्यक्रम भएको    बताउनुभयो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार