• सोमबार, १५ भदौ २०८३
  • images

    कुकुरमा देखियो ‘पार्वो भाइरस’ संक्रमण

    कुकुरमा देखियो ‘पार्वो भाइरस’ संक्रमण

    हेल्दीखबर
    मंगलबार, फागुन २३ २०७९
    हेल्दीखबर
    मंगलबार, फागुन २३ २०७९
    कुकुरमा देखियो ‘पार्वो भाइरस’ संक्रमण


    चितवन,२३ फागुन । चितवनमा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को संक्रमण देखिएको छ।

    भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताउनुभयो।
     उहाँका  अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको संक्रमण देखिएको हो।
    न्यौपानेका अनुसार मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो।

    यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उहाँको भनाइ छ। 
    उहाँले पार्वोको संक्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने बताउनुभयो।

    सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुर मर्ने गर्छ। कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ। उहाँले कुकुरलाई डिएचएलपिपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता संक्रमण नहुने बताउनुभयो।
    कुकुरलाई जन्मिएको छ देखि आठ हप्तामा पार्वो विरुद्धको नियमित खोप लगाउनुपर्ने उहाँको  सुझाव छ। 

    उहाँले घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको बताउनुभयो।


    अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने उहाँको भनाइ छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार