• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य पत्रकार मञ्च नेपाललाई ‘अन्तराष्ट्रिय पुरस्कार’

    स्वास्थ्य पत्रकार मञ्च नेपाललाई ‘अन्तराष्ट्रिय पुरस्कार’

    बैशाख ७ गते प्रदान गरिने

    हेल्दीखबर
    आइतबार, फागुन १४ २०७९
    हेल्दीखबर
    आइतबार, फागुन १४ २०७९
    स्वास्थ्य पत्रकार मञ्च नेपाललाई ‘अन्तराष्ट्रिय पुरस्कार’

    काठमाडौँ, १४ फागुन । स्वास्थ्य पत्रकार मञ्च नेपालले यसवर्षको अन्तराष्ट्रिय सञ्चार सेवा पुरस्कार प्राप्त गर्ने भएको छ । पुरस्कारको राशी १५० अमेरिकी डलर र ताम्रपत्र हुनेछ ।

    एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएशन क्यालिफोर्निया अमेरिकाले स्वास्थ्य विटमा कलम चलाउने नेपाली पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपाललाई ‘अन्तरष्ट्रिय सञ्चार सेवा पुरस्कार -२०२३’ प्रदान गरिने  छ।

    images


    एनआरएनए क्यालिफोर्नियाको गत २५ फेब्रअरीमा बसेको सचिवालय बैठकले नेपालमा क्रियाशिल पत्रकारहरुका विभिन्न १० वटा संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

    स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले पुरस्कार पाउने जानकारी पाएको बताउनुभयो।  एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष माधव मरासिनी र महासचिव दिपेश लामाद्धारा जारी विज्ञप्तीमा मञ्चसंगै श्रमजीवी पत्रकार संघ, राष्ट्रिय दलित पत्रकार संघ, आदिवासी जनजाती पत्रकार महासंघ, क्रियाशिल महिला पत्रकार, मुस्लिम जर्नालिष्ट क्लव, मधेसी पत्रकार समाज, अपांग पत्रकार मञ्च, शिक्षा पत्रकार समूह र राष्ट्रिय यातायात पत्रकार संघलाई पुरस्कृत गर्ने उल्लेख छ ।

    यो पुरस्कार देउराली फाउन्डेशनको संयोजनमा आगामी ७ बैशाखका दिन विशेष समारोहका बीच प्रदान गरिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार