• शनिबार, ७ कात्तिक २०८३
  • images

    शुक्रबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने

    शुक्रबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने

    बुधबार, साउन २० २०७८
    बुधबार, साउन २० २०७८
    शुक्रबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने

     

    काठमाडौं । साउन २२ गतेबाट भेरोसिलको दोश्रो मात्रा लगाइदै छ।  ।   जिल्ला खोप समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार कोभिड–१९ विरुद्धको भेरोसेल दोस्रो मात्राको खोप लागि स्वास्थ्य कार्यालय काठमाडौंले तयारी थालेको हो।

    images

    खोप ५५ वर्ष वा सो भन्दा माथि उमेर समुहका व्यक्तिहरु, सार्वजनिक सवारी साधनका चालक सहचालक, शिक्षक प्राध्यापकहलाई काठमाडौं महानगरपालिकाको ३२ वटै वडा, स्कुल वा अन्य फराकिलो स्थानमा खोप केन्द्र राखी सेवा प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री खड्काले बताउनुभयो ।
    अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा भने ७ वटा अस्पतालहरुमा लगाइने व्यवस्था गरिएको छ।
    राधास्वामी आइशोलेसन सेन्टर, सामाखुशी, वीर अस्पताल, निजामती कर्मचारी,नयाँ बानेश्वर, टिचिङ अस्पताल, महाराजगंज, प्रसुती गृह अस्पताल, थापाथली, सशस्त्र प्रहरी अस्पताल, बलम्बु र नेपाल मेडिकल कलेज, जोरपाटीबाट भने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुले लगाउन पाउनेछन्।
    खोप केन्द्रमा आउँदा अनिवार्य विद्युतीय दर्ता नम्बर र खोप कार्ड साथमा ल्याउनुपर्ने छ। दर्ता नम्बर नभएका र भएकाहरुलाई छट्टै लाइनको व्यवस्था हुनेछ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार