• सोमबार, १५ भदौ २०८३
  • images

    कमिसन र भ्रष्टाचारलाई निरुत्साहित गर्छुः स्वास्थ्य मन्त्री गिरी

    कमिसन र भ्रष्टाचारलाई निरुत्साहित गर्छुः स्वास्थ्य मन्त्री गिरी

    हेल्दीखबर
    सोमबार, माघ ९ २०७९
    हेल्दीखबर
    सोमबार, माघ ९ २०७९
    कमिसन र भ्रष्टाचारलाई निरुत्साहित गर्छुः स्वास्थ्य मन्त्री गिरी

    काठमाडौं,९ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आफ्नो कार्यकालमा नितीगत भ्रष्टाचार हुन नदिने बताउनुभएको छ । 
    स्वास्थ्य पत्रकार मञ्च नेपालले नवनियुक्त स्वास्थ्य मन्त्रीसंग राखेको परिचयात्मक तथा भेटघाट कार्यक्रममा मन्त्री गिरीले आफूले नितीगत तथा कुनैपनि भ्रष्टाचारलाई निरुत्साहित गर्ने बताउनुभयो । 
    कार्यक्रममा मन्त्री गिरीले आफू पदमा रहँदासम्म हरेक काम पारदर्शी ढंगबाट मात्र हुने बताउनुभयो । उहाँले जनताको रगत पसिनाबाट प्राप्त भएको राजश्वलाई दुरुपयोग हुन नदिने उल्लेख गर्नुभयो । ‘म नेतृत्वमा आइसकेपछि सेटिङ गरेर वा नीतिगत भ्रष्टाचार हुने कही गुञ्जायस हुन दिने छैन, गिरीले भन्नुभयो,“म प्रत्येक विषय पारदर्शी हुनुपर्छ भन्ने मान्यताको मान्छे हो ।”
    जनताको रगत पसिनाको थोपा थोपा मिसिएर प्राप्त भएको राजश्वलाई कहि कतै पनि दुरुपयोग हुन नदिने उहाँको प्रतिबद्धता रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार