• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड 

    स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड 

    हेल्दीखबर
    बिहीबार , मंसिर १५ २०७९
    हेल्दीखबर
    बिहीबार , मंसिर १५ २०७९
    स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड 


    काठमाडौं, १५ मंसिर । स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड २०२२ प्रदान गरिएको छ । 


    बिहीबारदेखि इन्डोनेशियाको बालीमा सुरु भएको सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्ध एशिया प्रशान्त क्षेत्रका नगरहरुको दवाब समूह (एपीक्याट)को साताँै शिखर सम्मेलनमा मञ्चलाई अन्ततर्राष्ट्रिय स्तरको अवार्ड प्रदान गरिएको हो । 

    images


    नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी अभियानमा मञ्चले योगदान गरेको भन्दै अमेरिकाको ब्लुम्वर्ग फिल्यान्थ्रोपिक र इन्डोनेशियाको बोगर सिटीका मेयर विमा आर्याले मञ्चका अध्यक्ष रामप्रसाद न्यौैपानेलाई सो अवार्ड हस्तान्तरण गर्नुभयो । 


    मञ्च सहित सम्मेलनमा आठ वटा सरकारी तथा गैरसरकारी  निकायलाई पनि उक्त अवार्ड प्रदान गरिएको छ ।

    अवार्ड पाउनेमा बाली प्रोभिन्स इन्डोनेशिया, डिली नगर पालिका टिमोरलिस्टे, ताङगाईल नगरपालिका, बंगलादेश, कम्बोडियाको स्वास्थ्य मन्त्रालय, टोबाको, सिटी द फिलिपिन्स, पूर्वरेजो रेजेन्सी इन्डोनेशिया, पालेब्याङसिटी इन्डोनेशिया रहेका छन् ।

    यस्तै न्युमान सौरिक्ता रिजेन्ट अफ क्लुङकुङ डिस्टीकका न्युमान स्वरित्तालाई वल्र्ड नोट टोबाको डे २०२२ अवार्डद्धारा सम्मान गरिएको छ । 
    बिहीबारदेखि नै सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । 


     सम्मेलनमा १२ देशका ८२ वटा सहरका मेयर तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

    No description available.  No description available.   

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार