कारबाही गर्ने चिकित्सा आयोगको चेतावनी
काठमाडौं, १८ मंसिर । चिकित्सा शिक्षा आयोगबाट अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ। आयोगबाट अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
'विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आयोगवाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ।' आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।
साथै त्यसरी भर्ना गरेको पाईएमा प्रचलित कानुन बामेजिम कारबाही हुने आयोगले स्पष्ट पारेको छ।
'प्रचलित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुनेगरी भर्ना नगर्नु नगराउनु हुन र त्यसरी गरेको पाईएमा प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट कारबाही हुने व्यहोरा जानकारी गराईन्छ।' सदस्य सचिव डा भोजराज शर्मा काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 