• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    भिटामिन ए  खुवाउन छुटेका बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने

    भिटामिन ए  खुवाउन छुटेका बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने

    हेल्दीखबर
    शनिबार, कात्तिक ५ २०७९
    हेल्दीखबर
    शनिबार, कात्तिक ५ २०७९
    भिटामिन ए  खुवाउन छुटेका बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने

    काठमाडौँ,५ कार्तिक । बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन छुटेको अवस्थामा स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने भएको छ। गत २ र ३ कात्तिकमा चलेको भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानमा छुटेका बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तीमा गत कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर दुई हप्ताभित्र खुवाउन आग्रह गरिएको छ।

    images

    “छ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ए क्याप्लुस र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ”, जारी विज्ञप्तिमा उल्लेख छ।

    सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार