• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    बालबालिकालाई कात्तिक २ र ३ गते  भिटामिन ए खुवाईने

    बालबालिकालाई कात्तिक २ र ३ गते  भिटामिन ए खुवाईने

    हेल्दीखबर
    मंगलबार, असोज २५ २०७९
    हेल्दीखबर
    मंगलबार, असोज २५ २०७९
    बालबालिकालाई कात्तिक २ र ३ गते  भिटामिन ए खुवाईने

    काठमाडौं, २५ असोज । सरकारले कार्तिक २ र ३ गते देशभरका बालबालिकाहरुलाई भिटामिन ए  र जुकाको औषधि खुवाउँदै छ ।

    राष्ट्रिय भिटामिन ए अभियान कार्यक्रम अन्तर्गत  ६ महिनादेखी पाँच वर्ष सम्मका  बालबालिकाहरुलाई भिटामिन ए खुवाउन लागेको हो। यस्तै  १ देखि ५ बर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन लागिएको हो ।

    images

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका  २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने छ ।

    छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको हो ।

    यस्तै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।

    अहिले ४१ जिल्लाका बालबालिकालाई खुवाउने गरिन्छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार