• सोमबार, १५ भदौ २०८३
  • images

    सरकारी अस्पतालमा १७ जना नर्स,डाक्टरलाई रोजगारीको अवसर

    सरकारी अस्पतालमा १७ जना नर्स,डाक्टरलाई रोजगारीको अवसर

    हेल्दीखबर
    बुधबार, भदौ १५ २०७९
    हेल्दीखबर
    बुधबार, भदौ १५ २०७९
    सरकारी अस्पतालमा १७ जना नर्स,डाक्टरलाई रोजगारीको अवसर

     काठमाडौं । सरकारी अस्पतालमा १७ जना नर्स,डाक्टरलाई रोजगारीको अवसर आएको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले करार सेवामा स्वास्थ्यकर्मी  माग गरेको हो । 

    माग गरिएका कर्मचारीमध्ये १७ जना स्वास्थ्य क्षेत्रका छन् । कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीस्थित नगर अस्पतालका लागि चिकित्सक, स्वास्थ्यकर्मी माग गरिएको नगरपालिकाले जानकारी दिएको छ । 

    उक्त अस्पतालका लागि मेडिकल अधिकृत ३, डेन्टल सर्जन १, हेल्थ असिस्टेन्ट २, स्टाफ नर्स २, ल्याब टेक्निसियन २ जना माग गरिएको छ । 

    त्यसैगरी डेन्टल हाइजेनिस्ट १, फार्मेसी सहायक २, रेडियोग्राफर २ र ल्याब असिस्टेन्ट २ जना माग गरिएको छ । 

    योग्यता पुगेका नेपाली नागरिकलाई २५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ ।df526bf277c78d01940033348058399c.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार