काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षण डा भावना रेग्मीलाई सफाई पेश गर्न सात दिने सूचना जारी गरेको छ।गृह मन्त्रालयले सूचना जारी गर्दै गत २० चैत देखि ३० दिनको विदामा बस्नुभएकी डा रेग्मी विनाजानकारी अनुपस्थित भएको जनाएको छ।
गृह मन्त्रालयले गत २६ बैशाखमा हाजिर हुन आउनुपर्ने आफ्नो कर्मचारी जानकारी विना लामो समय हाजिर नभएपछि स्थायी ठेगानमा समेत खोजविन गरेको थियो। तर त्यसो गर्दा पनि नभेटिएपछि सार्वजनिक सूचना जारी गरेको हो।