• बिहीबार , ५ कात्तिक २०८३
  • images

    नगरपालिकाले खरिद खरेको घुम्ती शौचालय प्रयोगविहीन, शौच गर्न होटलमा खानैपर्ने

    नगरपालिकाले खरिद खरेको घुम्ती शौचालय प्रयोगविहीन, शौच गर्न होटलमा खानैपर्ने

    हेल्दीखबर
    मंगलबार, साउन १० २०७९
    हेल्दीखबर
    मंगलबार, साउन १० २०७९
    नगरपालिकाले खरिद खरेको घुम्ती शौचालय प्रयोगविहीन, शौच गर्न होटलमा खानैपर्ने


    रौतहट । रौतहटमा घुम्ती शौचालय प्रयोगविहीन छन् । चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुरले खरिद गरेको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा रहेको छ । 
    घुम्ती शौचालय प्रयोगविहिन हुँदा मानिसहरु शौच गर्नका लागि होटलमा खानैपर्ने बाध्यता रहेको छ । 
    सार्वजनिक स्थानमा शौचालयको आवश्यकता पूर्ति गर्न खरिद भएको यो घुम्ती शौचालय प्रयोगविहीन हुँदा  यात्रीलाई  शौचको समस्या परेको छ । मर्मत गर्दा प्रयोगमा आउने अवस्थाका दुवै शौचालय मर्मत सम्भार नहुँदा अलपत्र छन्। ती शौचालय दुई वर्षदेखि प्रयोगमा आउन सकेका छैनन् । 
    नगरपालिकाले तीन वर्षअघि १५ लाख रुपियाँमा दुईवटा घुम्ती शौचालय खरिद गरेको थियो । 
    नगरपालिका प्रमुख सञ्जय काफ्लेले अघिल्लो नगरप्रमुखको पालादेखि नै प्रयोगमा नआएको घुम्ती शौचालय साँघुरोसमेत रहेकोले त्यसलाई फराकिलो र सहज बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

    चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिलकुमार साहले घुम्ती शौचालय मर्मत गरी यथाशीघ्र सञ्चालनमा ल्याउन चन्द्रपुर नगरपालिकालाई आग्रह गर्नुभएको छ। 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार