भदौदेखि कात्तिकसम्म विज्ञापन प्रकाशन, पुस देखि फागुनसम्म परीक्षा सञ्चालन
काठमाडौ । लोकसेवा आयोगले स्वास्थ्य तर्फको कार्यतालिका सार्वजनिक गरेको छ ।
आर्थिक बर्ष २०७९ ÷०८० को पदपूर्ति सम्वन्धी बार्षिक कार्यतालिका सार्वजनिक गर्दै आयोगले स्वास्थ्य सेवाको तालिका भदौ,असोज र कात्तिकमा गर्ने उल्लेख गरेको छ । गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले स्वास्थ्य सेवा तर्फ नवौ र एघारौ तहको भदौ र असोजमा, आठौ तहको कात्तिकमा र असोजमा, सातौ तहको असोज र कात्तिकमा पदपूर्ति हुने भएको छ । एघारौँ र नवौँ तहको खुल्ला आन्तरिक प्रतिस्पर्धा र बढुवाको विज्ञापन असोजको अन्तिम बुधबार प्रकाशित गर्ने तालिका राखेको छ ।
यस्तै पुस माघमा परीक्षा संचालन गर्ने, फागुन चैतमा नतिजा र अन्तरवार्ता र सिफारिसको काम चैत बैशाखमा गर्ने उल्लेख छ । यस्तै आठौँ तहमा खुल्ला प्रतियोगिताबाट मात्रै पदपूर्ति गर्ने र त्यसको परीक्षाका लागि पनि कात्तिकको अन्तिम बुधबार सूचना प्रकाशित गर्ने उल्लेख छ । सातौँ तहको आन्तरिक खुल्ला र बढुवा गरी तीन किसिमबाट पदपूर्ति हुने र त्यसको पनि कििात्तकको अन्तिम बुधबार सूचना प्रकाशित हुने उल्लेख छ ।
यस्तै पाँचौँ तहको माघको अन्तिम बुधबार र चौथो तहको चैतको अन्तिम बुधबार सूचना प्रकाशित गर्ने उल्लेख छ ।
हेरौंसूचनाः