• सोमबार, १५ भदौ २०८३
  • images

    भक्तपुर नगरपालिकाले नर्सिङ पढाउने

    भक्तपुर नगरपालिकाले नर्सिङ पढाउने

    ख्वप अस्पताललाई एक सय बेड सञ्चालनको अनुमती

    हेल्दीखबर
    बिहीबार , जेठ २६ २०७९
    हेल्दीखबर
    बिहीबार , जेठ २६ २०७९
    भक्तपुर नगरपालिकाले नर्सिङ पढाउने

    भक्तपुर । भक्तपुर नगरपालिकाले नर्सिङ अध्ययन गराउने भएको छ । 
    यसअघि भक्तपुर नगरपालिकाले इञ्जिनियरिङ्ग कलेज संचालन गरिरहेको थियो । अब नगरपालिकाले नर्सिङ शिक्षालय पनि संचालन गर्ने भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले भन्नुभयो,“नगरपालिका अस्पताललाई एक सय शैयाको अस्पतालमा विस्तार गर्न अनुमति प्राप्त भएसंगै नर्सिङ्ग पढाउन बाटो खुलेको छ ।”
     नगरपालिका अस्पतालको रुपमा रहेको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले मंगलबार एक सय शैया संचालनको अनुमति प्रदान गरेको हो ।  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले एक सय शैयाको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र पीसीएल नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ । 
    नगरपालिका द्वारा संचालित ख्वपः अस्पतालले बिरामीहरूलाई २४ सै घण्टा आकस्मिक सेवा, ल्याब, एक्स रे र फार्मेसी सेवा, स्त्री रोग, जनरल सर्जरी, बाल रोग, हाडजोर्नीलगायतका सेवाहरू नियमित सञ्चालनमा ल्याएको छ । 
    नगरपालिकाले ख्वप बहुप्राविधिक अध्ययन सस्थानमा हरेक वर्ष ४० जनालाई नर्सिङ्ग पढाउन अनुमति पाएको भएपनि आफ्नै एक सय शैयाको अस्पताल हुनुपर्ने प्रावधानका कारण गत वर्ष विद्यार्थी भर्ना लिन पाएको थिएन । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार