वैशाख २६ भित्र आवेदन दिनुपर्ने
काठमाडौ । नेपाल नेत्रज्योती संघले विभिन्न पदमा कर्मचारी तथा स्वास्थ्यकर्मी माग गरेको छ ।
संघले एक सूचना जारी गर्दै हुमन रिसोर्स असिष्टेन्ट एकजना,प्रशासन असिष्टेन्ट एक जना,एकाउन्ट असिष्टेन्ट एकजना र हेल्थ असिष्टेन्ट एकजनाको लागि दरखास्त आहन गरेको छ ।
सूचना अनुसार काम गर्न चाहेको व्यक्ति २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
उक्त पदमा आवेदन दिनेहरुले विराटनगर आँखा अस्पतालका लागि काम गर्नुपर्नेछ । इच्छुकले ९ मे सम्ममा आवेदन दिन सक्नेछन् । वैशाख २६ सम्म दरखास्त दिन सक्ने संघले जनाएको छ ।
संघको सूचना अनुसार बायोडाटा र आवस्यक प्रमाणपत्र इमेल गर्न सकिनेछ ।
हेरौंसूचनाः
