• बिहीबार , ५ कात्तिक २०८३
  • images

    अस्पतालको पाँचौं तलाबाट हाम फालेर बिरामीद्वारा आत्महत्या

    अस्पतालको पाँचौं तलाबाट हाम फालेर बिरामीद्वारा आत्महत्या

    हेल्दीखबर
    बुधबार, वैशाख १४ २०७९
    हेल्दीखबर
    बुधबार, वैशाख १४ २०७९
    अस्पतालको पाँचौं तलाबाट हाम फालेर बिरामीद्वारा आत्महत्या

    पाल्पा । लुम्बिनी मेडिकल कलेजमा एक बिरामीले हाम फालेर आत्महत्या गरेका छन्। कलेजमा उपचाररत पाल्पाको रामपुर ७ कठानका गंगाबहादुर सोमैले कलेजको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले लडेर घाइते भएका  सोमैको लुम्बिनी मेडिकलमा उपचाररत रहेको र अस्पतालबाट हाम फालेर मृत्यु भएको बताए।नालीमा घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको थियो।
     उनका अनुसार घरनजिकै नालीमा लडेर घाइते भएका ४२ वर्षीय सोमैको अस्पतालमा उपचार भइरहेको थियो। श्रीमती र छोरीले अस्पतालमा कुर्न बसेका पनि थिए।  मंगलबार राती अस्पतालको पाँचौं तलाबाट सोमैले हाम फालेको प्रहरीले जनाएको छ।
    प्रहरीका अनुसार गत वैशाख ९ गते भाइको घर गएका उनी फर्किँदा घरनजिकैको सडकको नालीमा लडेर घाइते भएका थिए।
     तर मंगलबार राती उनले आत्महत्या गरेका हुन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार