काठमाडौँ, ८ साउन ।
घाँटीको संक्रमणले गर्दा दाँतको बीचमा अडकएको खाना कुहिएर मुख गन्हाउने समस्या हुन्छ । श्वास गन्हाउने अर्थात मुख गन्हाउने समस्या अहिले आम मानिसको साझा समस्या बनेको छ । यो समस्या युवादेखि वृद्धहरुसम्म हुने गरेको छ । मुखको सरसफाइ नहुँदा, गिजाका विभिन्न रोग हुँदा , जिब्रोमा जीवाणु जम्दा , सफा नक्कली दाँत नलगाउदाँ , मुखमा घाउ हुदाँ , प्याज र लसुन जस्ता खाद्य पदार्थ खादाँ , लामो समयसम्म औषधि सेवन गर्दा , तनावले मुखलाई सुक्खा बनाउँछ र मुख गन्हाउँछ र जटिल रोग हुदाँ समेत सास गन्हाउने गर्छ ।
यस्तो समस्या भएमा मुखमा सुकमेल, ल्वाङ लगायतका सुगन्धित पदार्थ उपयोग गर्दा मुख गन्हाउने समस्या समाधान हुन्छ । यि सुगन्धित पदार्थको उपभोगले यि पर्दाथको बास्नाभन्दा पनि मुखर्मा यालको प्रवाहलाई कायम गर्दा मुख गन्हाउने समस्या कम हुने हुन्छ । दुर्गन्धबाट बच्न खाना खाएपछि ब्रस गर्ने वा नसके पानीले राम्ररी कुल्ला गरेमा पनि मुख गन्हाउने समस्या कम हुन्छ । यस्तै, चिनीरहित चुइँगम चपाउँदा पनि मुखर्मा याल आइरहन्छ र दुर्गन्ध हुन पाउँदैन ।