काठमाडौँ, ६ साउन । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले वेहोर्न नमिल्ने बताउनुभएको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रम खनाललाई टेलिफोन गर्दै उपचार खर्च सरकारले बेहोर्ने बताउनुभएको थियो । हाम्रै पालामा कानून बनेको हो, कानून २ असोज २०७५ देखि लागू समेत भईसकेकोले खनालको उपचार खर्च सरकारले ब्यहोर्न नमिल्ने उहाँको भनाइ छ । झलनाथको उपचार खर्च व्यहोर्ने कुरा यसअघि केपी ओली नेतृत्वको सरकारले पनि गरेको थियो । त्यसबेलाको निर्णयको पनि गगनले चर्को आलोचना गर्नुभएको थियो ।
पूर्वमन्त्री थापाले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनले कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च सरकारले उपलव्ध गराउन नसक्ने भन्ने व्यवस्था रहेको भन्दै अहिले खनालको उपचार खर्च व्यहोरे कानूनको उल्लंघन हुने बताउनुभएको छ।