• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    मास्क नलगाई पशुपतिनाथको दर्शन गर्न नपाईने

    मास्क नलगाई पशुपतिनाथको दर्शन गर्न नपाईने

    हेल्दीखबर
    मंगलबार, फागुन १७ २०७८
    हेल्दीखबर
    मंगलबार, फागुन १७ २०७८
    मास्क नलगाई पशुपतिनाथको दर्शन गर्न नपाईने

    काठमाडौँ । महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय मास्कको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ।

    आज मंगलबार हुने महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने गरेका कारण कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले बताए।

    images

    उनले भने ‘पशुपतिमा आजैदेखि भीड बढेको छ, कोरोना संक्रमणलाई मध्यनजर गर्दै हामीले मास्क र स्यानिटाइजर अनिर्वाय गरेका छौँ, मास्क प्रयोग नगर्नेलाई प्रवेश दिइने छैन।,’

    पशुपति क्षेत्रमा दर्शनार्थीहरूको बाक्लो भीड बढेसँगै सुरक्षाकर्मी तथा स्वयम्सेवकसमेत सोमबार साँझ ५ बजेदेखि परिचालन गरिएका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलन थापाले जानकारी दिए।

    त्यसैगरी मेला क्षेत्र र दर्शन मार्गमा सिसी क्यामरा जडान गरिएको छ। पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ। शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो।

    पशुपति क्षेत्रमा चोरी लुटपाटलगायत घटना रोक्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सुरक्षाकर्मी परिचालन गरिएको शिवरात्रिको प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले जानकारी दिए। मन्दिर दर्शनका लागि तीनवटा दर्शन मार्ग व्यवस्था गरिएको छ। गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्र गाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ भने मित्रपार्क जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरमा रहेको फलामको ढोका हुँदै पश्चिम ढोकातर्फ तथा बत्तीसपुलती, गौशाला, एअरपोर्ट, तिलगङ्गा चार शिवालय हुँदै अर्को लाइनको व्यवस्था गरिएको विकास कोषले जनाएको छ। यसैगरी गाडीको व्यवस्थापनका लागि पाँच ठाउँ कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलको चौर र गुह्येश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।

    रासस

    प्रतिक्रिया दिनुहोस
    थप समाचार