• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    बालबालिकाको अवस्था हेरेर मास्क लगाइदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    बालबालिकाको अवस्था हेरेर मास्क लगाइदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    हेल्दीखबर
    मंगलबार, साउन २६ २०७८
    हेल्दीखबर
    मंगलबार, साउन २६ २०७८
    बालबालिकाको अवस्था हेरेर मास्क लगाइदिन स्वास्थ्य मन्त्रालयको निर्देशन


    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ महामारीमा बालबालिकाका लागि मास्क लगाउने विषयमा एक सूचना जारी गरेको छ । मन्त्रालयले ५ वर्षभन्दामुनिका बालबालिकाले मास्क लगाउन नपर्न र सो भन्दा माथिल्लो उमेरका बालबालिकाहरुलाई अवस्था हेरेर लगाइदिन सकिने जनाएको छ। मन्त्रालयका अनुसार ६ देखि ११ वर्षका बालबालिकाले भने समुदायमा व्यापक संक्रमण फैलिए र उच्च जोखिमको सम्पर्कमा पुगेको अवस्थामा मास्क लगाउनु पर्दछ। 
    साथै, १२ वर्षभन्दा माथिकाले वयस्क जसरी नै मास्क लगाउनुपर्ने र अपांगता भएका बालबालिकाको हकमा भने सक्षमता र हित हेरर मास्क लगाउनुपर्ने मन्त्रालयले जानकारी दिएको छ । हाल देशव्यापीरुपमा मास्क अभियान संचालन भैरहेको छ। स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को नियन्त्रणका लागि मास्क अनिवार्य रहेको बताउँदै विभिन्न माध्यमबाट आममानिसमा सचेतना जगाइरहेको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार