• शुक्रबार, ६ कात्तिक २०८३
  • images

     राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त

     राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त

    हेल्दीखबर
    मंगलबार, फागुन १० २०७८
    हेल्दीखबर
    मंगलबार, फागुन १० २०७८
     राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त

    काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीनजनाको सिफारिस गरेको थियो । समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो । तिनजना मध्यबाट लामिछानेलाई नियुक्त गरिएको हो। 
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।
    उक्त समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार