• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    दुरबिन प्रविधिद्वारा कुमको जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया

    दुरबिन प्रविधिद्वारा कुमको जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया

    हेल्दीखबर
    बुधबार, माघ २६ २०७८
    हेल्दीखबर
    बुधबार, माघ २६ २०७८
    दुरबिन प्रविधिद्वारा कुमको जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया

    काठमाडौं ।  त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा दुरबिन प्रविधिद्वारा कुमको जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया गरिएको छ। 

    सिन्धुलीकी ३७ वर्षीया सुनिता थापाको पटक–पटक कुमको जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। उनी विगत पाँच वर्षदेखि उक्त समस्याबाट ग्रसित थिइन्। अर्थोपेडिक स्पोर्टर्स सर्जन डा सरोज राईको नेतृत्वमा उक्त शल्यक्रिया गरिएको हो।

    images

    डा राईले भने, ‘पटक पटक कुमको जोर्नी खुस्कने समस्याको यस किसिमको जटिल शल्यक्रिया यस ब्लुक्रस अस्पतालमा पहिलो पटक गरिएको हो। हामीलाई शल्यक्रिया गर्न साढे दुई घण्टा लाग्यो।’

    शल्यक्रियापछि हाल बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार