विश्व स्वास्थ्य संगठनले दियो बधाई
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप लगाएकोमा बधाई दिएको छ । संगठनले ७० प्रतिशतभन्दा बढी जनसंख्यालाई खोप लगाएर कोशेढुंगा पार गरेको जनाउँदै नेपालले खोपमा ठूलो उपलब्धी हाँसिल गरेको बताएको छ ।
नेपालस्थित विश्व संगठनको कार्यालयले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा माथिको ७० प्रतिशत जनसंख्याले खोप लगाएकोमा बधाई दिएको हो। ’सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ’, डब्ल्युएचओ नेपालले बधाई दिँदै भनेको छ। हालसम्म नेपालमा लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पुर्णमात्रा खोप लगाएका छन्। सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका सतप्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ।