• सोमबार, २ कात्तिक २०८३
  • images

    बेलायतमा बढ्यो कोरोना संक्रमण, एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित

    बेलायतमा बढ्यो कोरोना संक्रमण, एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित

    हेल्दीखबर
    शनिबार, पुस ३ २०७८
    हेल्दीखबर
    शनिबार, पुस ३ २०७८
    बेलायतमा बढ्यो कोरोना संक्रमण, एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित

     बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन्। यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन्। स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन्।

    यहाँ शुक्रबार मात्र पनि ९३ हजार ४५ जना सङ्क्रमित भेटिएका छन्। कोरोना भाइरस सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका हुन्। यसअघि बिहीबार ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका थिए। यसरी महामारीको प्रकोप बढेको यो तेस्रो दिन हो।

    images

    यसअघि पनि गत बुधबार मात्र पनि ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङक्रमणको पुष्टि भएको थियो। कोभिड महामारी सुरु भएयता एकैदिन यहाँ बढी मात्रामा सङ्क्रमित देखिएका हुन्। 

     

    केही समययता हरेक दिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ। साथै कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ।  स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको सङ्क्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन्। शुक्रबार मात्र पनि ३ हजार २०१ जनामा ओमिक्रोनको घातक संक्रमण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन्। यो समेत गरी यहाँ ओमिक्रोनका अहिलेसम्म १४ हजार जनाभन्दा बढीमा संक्रमण पाइएको बताइएको छ।

    बेलायतको सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको जनाएको थियो र त्यसपछि सबैभन्दा बढी शुक्रबार देखिएका बताइएको छ। यहाँ अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन्। त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ। रासस

    प्रतिक्रिया दिनुहोस
    थप समाचार