काठमाडौं । देशभर परेको वर्षा एकैचोटी कम नहुने बताइएको छ । मौसम विभागका अनुसार बुधबार अलि कम वर्षा हुने र पर्सि बिहीबार मात्रै मौसममा राम्रोसँग सुधार आउने छ । मौसमविद् समिर श्रेष्ठले मनसुनी वर्ष सकिएपछि पनि केही दिनयता आएको निरन्तर वर्षका कारण बाढी, डुबान तथा प्राकृतिक विपद्बाट क्षति भोग्नुपरेको बताउनुभयो । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र र पश्चिमबाट आएको पश्चिमी वायुुको प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण अहिले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसमा पनि पश्चिमी वायुको प्रभाव बढी भएका कारण देशको सुदूरपश्चिममा २४ घण्टामा दुई सय एमएलभन्दा बढी अर्थात् अतिवादी वर्षा भएको विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।