काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा प्रसाद चतुर्वेदीले आत्महत्या गर्नुभएको छ ।
चतुर्वेदी बिहीबार बिहान काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गर्नुभएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले परिवारलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार ७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङवाकका लागि भन्दै घरबाट निस्किएको जानकारी दिनुभयो।
उहाँ चाबहिलस्थित आफ्नै घरमा बस्दै आउनुभएको थियो । आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरबाट हामफाली आत्महत्या गर्नुभएको प्रहरीले जनाएको छ ।
चतुर्वेदीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।