• बिहीबार , ५ कात्तिक २०८३
  • images

    अमेरिका–नेपाल मेडिकल फाउण्डेसनद्धारा कोशी अस्पताललाई अक्सिजन प्लान्ट सहयोग

    अमेरिका–नेपाल मेडिकल फाउण्डेसनद्धारा कोशी अस्पताललाई अक्सिजन प्लान्ट सहयोग

    हेल्दीखबर
    शुक्रबार, असोज १५ २०७८
    हेल्दीखबर
    शुक्रबार, असोज १५ २०७८
    अमेरिका–नेपाल मेडिकल फाउण्डेसनद्धारा कोशी अस्पताललाई अक्सिजन प्लान्ट सहयोग


    काठमाडौ । अमेरिका–नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले  कोशी अस्पताल विराटनगरलाई अक्सिजन प्लान्ट सहयोग गरेको छ।

    फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बस्नेतले शुक्रबार कोशी अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभयो । 

    images

    कोरोना महामारी सुरु भएसँगै विभिन्न संस्थालाई फाउण्डेसनले विभिन्न संघसस्थालाई स्वास्थ्य उपकरण सहयोग गर्दै आएको छ । 


    उक्त प्लान्टबाट दैनिक सयभन्दा बढी सिलिण्डर भर्न सकिने छ । फाउण्डेशनका अध्यक्ष डा. बस्नेतले अक्सिजन प्लान्ट निमार्णका लागि एक करोड सात लाख लागेको थियो। 
    यसअघि त्रिवि शिक्षण अस्पताललाई पनि फाउन्डेसनले अक्सिजन प्लान्ट सहयोग गरेको थियो।

    अमेरिकामा भएका प्रोफेसनल चिकित्सकहरुले नेपालको हेल्थ कियर सिष्टमलाई प्रभावकारी बनाउन सहयोग गर्दै आएका छन् । 

    डा. बस्नेतले लुम्बिनी प्रदेशको पाल्पा मिसन अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम भइरहेको जानकारी दिनुभयो । ‘

    फाउण्डेशनले जनकपुर, बुटवल र काठमाडौंमा समेत अक्सिजन प्लान्ट सहयोग गर्नेछ । 

    ‘

    प्रतिक्रिया दिनुहोस
    थप समाचार