• शनिबार, ७ कात्तिक २०८३
  • images

    मास्क नलगाई सार्वजनिक यातायात चढ्न रोक

    मास्क नलगाई सार्वजनिक यातायात चढ्न रोक

    हेल्दीखबर
    शुक्रबार, असोज १५ २०७८
    हेल्दीखबर
    शुक्रबार, असोज १५ २०७८
    मास्क  नलगाई सार्वजनिक यातायात चढ्न रोक


    काठमाडौ । उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीमा चढ्न रोक लगाउने निर्णय गरेको छ ।

    बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ।

    images

    कुल स्वीकृति सिटभन्दा बढी यात्रुहरु नचढाउने, मास्क नचलाउने सवारी साधनमा प्रवेशमा नदिने, चालक, सहचालकले अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउनुपर्नेछ।

    कोभिड–१९ संक्रमणको जोखिमका कारण प्रशासनले सार्वजनिक सवारी अनिवार्य रुपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरेको छ। यस्तै सार्वजनिक सेवा प्रदान गर्ने कार्यलयले पनि सामाजिक दुरी कायम गर्दै न्युनतम स्वास्थ्य मापदण्ड अपनाउँदै सेवा प्रवाह गर्नुपर्ने हुन्छ।

    चाडपर्वको बेला सवारी साधनको छतमा यात्रा गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ ।

    दशैं, तिहार र छठ पर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर न्युनतम सहभागितामा चाडपर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । घरभित्र परिवारको सदस्यहरु मात्रै सहभागी भएर पर्व मनाउन आग्रह गर्दै आएको छ ।

    निषेधाज्ञालाई निरन्तरता दिँदै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने निर्णय गरिएको छ । सार्वजनिक र निजी निर्माण कार्यको लागि आवश्यक निर्माण सामग्री बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्र ढुवानी गर्न पाइने निर्णय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार