काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे भोली निर्णय हुने भएको छ । भोली बिहान काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप निर्णय गर्ने योजना रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । पछिल्लोपटक गत साउन २८ गते काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा भोली सकिँदैछ । पछिल्लो निषेधाज्ञामा राति ८ बजेदेखि बिहानसम्म निजी तथा सार्वजनिक सवारी साधन चलाउने नपाइने निर्णय गरिएको थियो ।