• शनिबार, ७ कात्तिक २०८३
  • images

    एमबीबीएस उत्तीर्ण चिकित्सकका लागि अनलाइन आवेदन खुला

    एमबीबीएस उत्तीर्ण चिकित्सकका लागि अनलाइन आवेदन खुला

    बुधबार, चैत २५ २०८२
    बुधबार, चैत २५ २०८२
    एमबीबीएस उत्तीर्ण चिकित्सकका लागि अनलाइन आवेदन खुला

    काठमाडौं,२५ चैत । नेपाल मेडिकल काउन्सिलले ७५ औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परिक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ। 

    काउन्सिलले एक सूचना जारी गर्दै आगामी लाइसेन्स परीक्षा सञ्चालन गर्ने तयारी अनुसार आवेदन आह्वान गरेको जनाएको हो।

    images

    सूचना अनुसार, आवेदन फाराम २०८३ बैशाख ०२ गतेदेखि बैशाख २० गतेसम्म भर्न सकिनेछ। यस्तै विलम्ब शुल्कसहित  बैशाख ३० र ३१ गते सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    लाइसेन्स परीक्षा २०८३ जेठ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । परिक्षा  इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक ललितपुरमा हुनेछ।

    आवेदकहरूले काउन्सिलको आधिकारिक वेबसाइट exam.nmc.org.np मार्फत अनलाइन फाराम भर्नुपर्नेछ। अनलाइन माध्यमबाट मात्र आवेदन मान्य हुने र अन्य माध्यमबाट बुझाइएका आवेदन स्वीकार नगरिने काउन्सिलले स्पष्ट पारेको छ।

    थप जानकारीका लागि काउन्सिलको परीक्षा समितिमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
    हेरौं सूचना:

    Screenshot_20260408_060442_Chrome.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार