• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    स्वास्थ्यखबरका सम्पादक ढकाल सम्मानित 

    स्वास्थ्यखबरका सम्पादक ढकाल सम्मानित 

    शनिबार, चैत २१ २०८२
    शनिबार, चैत २१ २०८२
    स्वास्थ्यखबरका सम्पादक ढकाल सम्मानित 

    काठमाडौं, २१ चैत । नेपाल आयुर्वेद चिकित्सक संघले स्वास्थ्यखबरका सम्पादक प्रवीण ढकाललाई सम्मान गरेको छ।

     संघको ११औँ राष्ट्रिय सम्मेलनको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा उहाँलाई सम्मान प्रदान गरिएको हो।

    images

    उक्त कार्यक्रममा निवर्तमान स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले सम्मानपत्र प्रदान गर्नुभएको थियो। आयुर्वेद चिकित्सा पद्धतिसम्बन्धी समसामयिक लेख, खोजमूलक समाचार तथा गहन विश्लेषणहरू निरन्तर प्रकाशन गर्दै यस क्षेत्रको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै संघले यस वर्षको ‘पत्रकार सम्मान’ ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो ।

    लामो समयदेखि स्वास्थ्य पत्रकारितामा सक्रिय रहँदै आउनुभएका  ढकालले स्वास्थ्यखबरमार्फत आयुर्वेद क्षेत्रसँग सम्बन्धित विषयहरूलाई प्राथमिकताकासाथ उठाउँदै आउनुभएको छ।

    सम्मान ग्रहण गर्दै उहाँले यसले आफूलाई स्वास्थ्य पत्रकारितामा अझ सक्रिय भएर लाग्न प्रेरणा प्रदान गरेको बताउनुभयो। 
     उहाँले आगामी दिनहरूमा आयुर्वेद तथा जनस्वास्थ्यका विषयहरूलाई अझ प्रभावकारी रूपमा उठान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार