• सोमबार, १५ भदौ २०८३
  • images

    सरकारी अस्पतालमा नवौँ तहका चिकित्सकदेखि पाँचौँ तहका नर्सलाई रोजगारीको अवसर

    सरकारी अस्पतालमा नवौँ तहका चिकित्सकदेखि पाँचौँ तहका नर्सलाई रोजगारीको अवसर

    शुक्रबार, चैत ६ २०८२
    शुक्रबार, चैत ६ २०८२
    सरकारी अस्पतालमा नवौँ तहका चिकित्सकदेखि पाँचौँ तहका नर्सलाई रोजगारीको अवसर

    भक्तपुर,६ चैत । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नवौँ तहका चिकित्सक देखि पाँचौँ तहका नर्ससम्मलाइ रोजगारीको अवसर आएको छ । 

    के्रन्द्रले विभिन्न पदमा करार सेवामा कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको छ। केन्द्रले प्रकाशित सूचनाअनुसार योग्य तथा इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ।

    निर्धारित म्यादपछि वा अपूर्ण दरखास्तहरूलाई मान्यता नदिने जनाइएको छ। केन्द्रका अनुसार करार सेवाका लागि लिखित परीक्षा मिति पछि सार्वजनिक गरिनेछ।

    भर्ना खुला गरिएका पदहरूमा कन्सल्टेन्ट (प्रत्यारोपण शल्यचिकित्सा तथा हेपाटिको–प्याङक्रियाटो विलियरी सर्जरी)  नवौं तहमा १ जना, सिनियर रजिस्ट्रार रजिस्ट्रार (नेफ्रोलोजिस्ट) आठौं तहमा १ जना, मेडिकल अधिकृत आठौं तहमा १ जना, ट्रान्सप्लान्ट कोर्डिनेटर छैटौं तहमा १ जना, स्टाफ नर्स पाँचौं तहमा २ जना तथा रेडियोग्राफर पाँचौं तहमा १ जना माग गरिएको छ।

    दरखास्त फाराम, आवश्यक शैक्षिक योग्यता तथा परीक्षा सम्बन्धी विस्तृत जानकारी केन्द्रको सूचना पाटी, आधिकारिक फेसबुक पेज वा वेबसाइटमार्फत उपलब्ध हुने बताइएको छ।
    हेरौँ सूचनाः 

    job vacancy.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार