• मंगलबार, ३ कात्तिक २०८३
  • images

    निजी क्षेत्रको पहिलो औषधि कम्पनी आरोग्य भवन वर्क्सले पायो जिएमपी प्रमाणपत्र 

    निजी क्षेत्रको पहिलो औषधि कम्पनी आरोग्य भवन वर्क्सले पायो जिएमपी प्रमाणपत्र 

    बुधबार, फागुन १३ २०८२
    बुधबार, फागुन १३ २०८२
    निजी क्षेत्रको पहिलो औषधि कम्पनी आरोग्य भवन वर्क्सले पायो जिएमपी प्रमाणपत्र 

    काठमाडौँ, १३ फागुन  । निजी क्षेत्रको पहिलो औषधि उद्योग आरोग्य भवन वर्क्स प्रालिले विश्व स्वास्थ्य संगठनद्वारा निर्दिष्ट डब्लुएचओ जीएमपी तथा नेशनल जीएमपी प्रमाणीकरण प्राप्त गरेको छ । 
    औषधि व्यवस्था विभागले उक्त कम्पनीलाई आधिकारिक विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेको जिएमपी प्रमाणपत्र प्रदान गरेको हो । 
    प्रमाणीकरण पत्रअनुसार कम्पनीले उत्पादन, गुणस्तर नियन्त्रण तथा व्यवस्थापन प्रणालीसम्बन्धी सबै आवश्यक मापदण्ड सफलतापूर्वक पूरा गरेको पुष्टि भएको छ । 
    कम्पनीका प्रबन्ध निर्देशक सुमन पाण्डेले जिएमपी प्रमाणीकरण संस्थागत सुधार, प्रविधिमा गरिएको निरन्तर लगानी र कडा गुणस्तर अनुगमनको परिणाम भएको बताउनुभयो । 
    उहाँले जिएमपी प्राप्त प्रमाणीकरणले आरोग्य भवनको गुणस्तर प्रणाली अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित भएको स्पष्ट पारेको बताउनुभयो । उहाँका अनुसार यो उपलब्धि समर्पित टोलीको परिश्रम, अत्याधुनिक प्रविधिको प्रयोग तथा बिरामी सुरक्षाप्रतिको प्रतिबद्धताको प्रतिफल हो। उहाँले  यसले नेपाली औषधिलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने प्रयासलाई थप बल पुगेको उल्लेख गर्नुभयो । उहाँले यो सफलता समग्र नेपाली आयुर्वेद औषधि उद्योगकै लागि गौरवको विषय भएको र यसले उद्योगीहरूलाई जीएमपी मापदण्डतर्फ उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रमाणीकरणपछि उत्पादन क्षमता विस्तार, अनुसन्धान तथा विकासमा थप लगानी र निर्यात सम्भावना बढाउने योजना अघि बढाइएको जानकारी दिनुभयो । 

    पाल्पाको तिनाउ गाउँपालिका मा अवस्थित अत्याधुनिक उत्पादन प्लान्ट तथा टोखा–४ धापासी स्थित कर्पोरेट कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । कम्पनीले सन् १९२५ देखि नेपाली औषधि उत्पादन क्षेत्रमा योगदान दिँदै आएको । 

    images

    suman pandey gmp.jpeg
    स्थापनाकालदेखि नै गुणस्तरमा सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको कम्पनीले डब्लुएचओ जीएमपी प्रमाणीकरणसँगै नेपाली उपभोक्ताले अझ सुरक्षित, प्रभावकारी तथा सुलभ मूल्यका औषधि स्वदेशमै प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ। 
    निजी क्षेत्रबाट औषधि उत्पादन सुरु गर्ने अग्रणी संस्थाको रूपमा आरोग्य भवनको यो उपलब्धिले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने राष्ट्रिय लक्ष्यमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार