• बिहीबार , ५ कात्तिक २०८३
  • images
    विश्व कुष्ठरोग दिवस

    कुष्ठरोग प्रभावित माथि हुने भेदभावको अन्त्य गर्नुपर्छ: स्वास्थ्य सचिव देवकोटा 

    कुष्ठरोग प्रभावित माथि हुने भेदभावको अन्त्य गर्नुपर्छ: स्वास्थ्य सचिव देवकोटा 

    आइतबार, माघ ११ २०८२
    आइतबार, माघ ११ २०८२
    कुष्ठरोग प्रभावित माथि हुने भेदभावको अन्त्य गर्नुपर्छ: स्वास्थ्य सचिव देवकोटा 

    काठमाडौँ, ११ माघ ।  आज  ७३ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । 

    ‘कुष्ठरोगको छ ओखती, सामाजिक लान्छना र विभेद मुख्य चुनौती’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो ।

    images

    आज इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटाले नेपालमा कुष्ठरोगको उपचारमा पहिलेको तुलनामा धेरै प्रगति भएको बताउनुभयो।

    उहाँले सन २०१० मा कुष्ठरोग निवारण घोषणा गरेपनी त्यसको ब्यबहारिक प्रयोग हुन नसकेको बताउनुभयो ।

    उहाँले कुष्ठरोग अझै निवारण हुन  नसकेको भन्दै समाजमा रोगीमाथि हुने भेदभाबलाई रोक्नुपर्ने बताउनुभयो ।
     उहाँले उमेरका हिसाबमा संक्रमण छ छैन भन्ने स्थिति रहेको जानकारी दिदै  पहिले पनि अंगभङ्ग  हुने गर्दथ्यो र अहिले पनि अङ्गभङ्ग कायम रहेको बताउनुभयो । कुष्ठरोगबाट हुने अङ्गभङ्गलाइ रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

    उहाँले भौगोलिक , राजनीति सबै हिसाबमा काम गर्नुपर्ने अवस्था आएको बताउनुभयो । 

    मधेस र लुम्बिनीमा धेरै रोगी रहेको उल्लेख गर्दै उहाँले नाका, सामाजिक तथा सास्कृतिक पक्षले संख्या बढेको हुन सक्ने बताउनुभयो ।

     कुष्ठरोग नियन्त्रणमा परिवारको सहभागीता अझ बढी हुनुपर्ने उहाँको भनाइ छ ।  अबको आर्थिक वर्ष देखि अझ राम्रोसँग काम गर्नुपर्दछ, सचिव देवकोटाले भन्नुभयो,"रोगीको जिबिकोपार्जनको लागि काम गर्नुपर्दछ।"  

    कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको मध्यमबाट सर्ने गर्दछ ।
    रोग लागेको सुरुको अवस्थामा रोगको उपचार गरे अरूलाई नसर्नुका साथै पूर्णरुपमा निको हुन्छ । नेपालमा पछिल्लो समय वार्षिकरुपमा औसतमा २२ सय जनामा यो रोग फेला पर्छ ।

    कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रुप हो ।

     त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ । नर्वेका डाक्टर वैज्ञानिक गेरहार्ड हेनरीक अर्मर ह्यान्सनले सन् १८७३ मा कुष्ठरोगको किटाणु पत्ता लगाएका थिए । त्यहीकारण यो रोगलाई कतिपय मुलुकमा ‘ह्यान्सन्स् डिजिज’ पनि भनिन्छ ।
    सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखापर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसूस हुँदै जानु कुष्ठरोगका प्रमुख लक्षण हुन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार