• बिहीबार , ५ कात्तिक २०८३
  • images

    जाजरकोट पुगेर प्रेमसागर कर्माचार्यद्धारा १८५ औँ पटक रक्तदान

    जाजरकोट पुगेर प्रेमसागर कर्माचार्यद्धारा १८५ औँ पटक रक्तदान

    बिहीबार , पुस २४ २०८२
    बिहीबार , पुस २४ २०८२
    जाजरकोट पुगेर प्रेमसागर कर्माचार्यद्धारा १८५ औँ पटक रक्तदान

    जाजरकोट, २४ पुस । स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले जाजरकोट पुगेर १८५ औँ रक्तदान गर्नुभएको छ । 

    उहाँले बिहीबार जाजरकोट जिल्ला अस्पतालमा पुगेर १८५औं पटक रक्तदान गर्नुभएको हो । 

    images

    रक्तदान कार्यक्रममा कर्माचार्यले नागरिकबाट निःशुल्क प्राप्त हुने रगत बिरामीलाई पनि निःशुल्क उपलव्ध गराउन सरकारसंग आग्रह गर्नुभयो । 

    कार्यक्रमका सहभागी जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको बताउनुभयो । उहाँले अहिलेको समयमा जनचेतनाको कमिका कारण स्वयंसेवी रक्तदाता जुटाउन गाह्रो भइरहेको उल्लेख गर्नुभयो । 

    यस्तै भेरी नगरपालिकाका ३ नम्बर वडाका वडा अध्यक्ष लिलाबहादुर शाहले जाजरकोट जिल्लामा रक्तसंचार केन्द्र स्थापना गर्नका लागि रू १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँनुभयो । उहाँले आगामी आर्थिक वर्षमा पनि रक्तसंचार केन्द्रका लागि थप रू १ लाख छुट्याउने प्रतिबद्धता जनाउनुभयो ।


    नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोट जिल्ला शाखाका अध्यक्ष प्रेमबहादुर ओलीले जाजरकोट जिल्लामा रक्तसंचार केन्द्र स्थापना गर्न विभिन्न अभियानहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार