• मंगलबार, ३ कात्तिक २०८३
  • images

    बालबालिकाको नि:शुल्क मुटु परिक्षण   

    बालबालिकाको नि:शुल्क मुटु परिक्षण   

    दुई हजार चारसय बालबालिका लाभान्वित 

    उच्चरक्तचाप ७० प्रतिशत, दमखोकी ५० प्रतिशत र मधुमेह १५प्रतिशत, जन्मजात मुटुरोग ८ प्रतिशत, पेट सम्बन्धि रोग ३० प्रतिशत, बाथमुटुरोग ५ प्रतिशत पाइएको छ । 

    बिहीबार , पुस ३ २०८२
    बिहीबार , पुस ३ २०८२
    बालबालिकाको नि:शुल्क मुटु परिक्षण    

    सोलुखुम्बु, ३ पुस ।  सोलुखुम्बुमा निःशुल्क मुटु स्वास्थ्य शिविर तथा बालबालिकाहरुको मुटु परीक्षण गरिएको छ ।

    उक्त शिविरमा दुईहजार ४५६ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ ।

    images

    Dr vaidhya .jpg
    सोताङ गाउँपालिकाको वडा नम्बर १,२,३ र ५ मा सम्पन्न मुटु शिविरमा १२० जनाको इको परीक्षण गरिएको थियो । 
    वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब र चेपेल फाउण्डेशनको आयोजनामा सम्पन्न मुटु शिविरमा १५ वटा विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण गरिएको बताउनुभयो । 

    Solu health camp.jpg

    वरिष्ठ मुटुरोग विशेषज्ञ रेग्मीले दिनुभएको जानकारी अनुसार मुटुरोगीमध्ये उच्चरक्तचाप ७० प्रतिशत, दमखोकी ५० प्रतिशत र मधुमेह १५प्रतिशत पाइएको थियो । 
    डा. रेग्मीले जन्मजात मुटुरोग ८ प्रतिशत, पेट सम्बन्धि रोग ३० प्रतिशत, बाथमुटुरोग ५ प्रतिशत पाइएको बताउनुभयो । 

    । “स्वस्थ मुटु, स्वस्थ जीवन” भन्ने मूल नारासहित शिविरको आयोजना गरिएको छ।

    मुटुरोग शिविरमा मुटुरोग विशेषज्ञ डा.रेग्मी सहित डा.उर्मिला शाक्य, डा.प्रेमराज वैद्य, डा. अजय अधिकारी, डा.एन्जेला वैद्यले परीक्षण गर्नुभएको थियो । 
    मंसिर २९ र पुस १ गते सम्पन्न शिविरका लागि बिरामीहरुलाई लोमस फर्मास्युटिकल्सले पाँचलाख बराबरको औषधी निःशुल्क रुपमा वितरण गरिएको थियो । 

    Solukhumbu health camp.jpg
         शिविरमा मुटु सम्बन्धी सम्पूर्ण परीक्षण, निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गरेको सोताङ अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर बिकेश श्रेष्ठले जानकारी दिनुभयो ।  शिविरमा मुटुको ईसीजी, रक्तचाप परीक्षण, प्रारम्भिक मुटु जाँच, औषधि वितरण तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइएको थियो।


          डा. श्रेष्ठका अनुसार शिविरबाट वडा नम्बर १, २, ३ र ५ का नागरिकहरू बढी लाभान्वित भएका छन्। ग्रामीण भेगमा बसोबास गर्ने नागरिकहरूलाई विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले बताउनुभयो।त्यस्तै, वडा नम्बर ४ का नागरिकहरू तथा विद्यालयका विद्यार्थीहरूलाई समेत समेट्ने उद्देश्यले शिविर आज पनि निरन्तर रूपमा सञ्चालन भइरहेको छ। विद्यार्थी तथा किशोर–किशोरीहरूमा बढ्दो मुटु सम्बन्धी जोखिमलाई ध्यानमा राख्दै उनीहरूलाई पनि जाँच तथा सचेतना प्रदान गरिएको गाउँपालिकाले जनाएको छ  । 
        सहकार्य गर्ने संस्थाहरूले प्राविधिक सहयोग, चिकित्सक टोली, औषधि तथा आवश्यक उपकरणको व्यवस्थापन गरेका छन्। स्थानीय बासिन्दाहरूले निःशुल्क रूपमा विशेषज्ञ मुटु सेवा पाउँदा खुसी व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार प्रकट गरेका छन्।

    health camp heart .jpg स्वास्थ्य सेवामा पहुँच सीमित रहेका दुर्गम क्षेत्रका नागरिकहरूका लागि यो शिविर निकै उपयोगी बनेको छ भने मुटु रोगको समयमै पहिचान र उपचारमा समेत महत्वपूर्ण योगदान पुगेको स्थानीयहरुको भनाइ छ ।

    Camp .jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार