• सोमबार, १५ भदौ २०८३
  • images

     चिकित्सक संघलाई एकलाख राशीको युरोप नेपाल हेल्थ अवार्ड 

     चिकित्सक संघलाई एकलाख राशीको युरोप नेपाल हेल्थ अवार्ड 

    सोमबार, मंसिर २९ २०८२
    सोमबार, मंसिर २९ २०८२
     चिकित्सक संघलाई एकलाख राशीको युरोप नेपाल हेल्थ अवार्ड 

    काठमाडौँ, २९ मंसिर । ‘युरोप नेपाल हेल्थ अवार्ड’  नेपाल चिकित्सक संघलाई प्रदान गरिएको छ ।

    युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुको समाजले संघलाई काठमाडौंमा एक कार्यक्रमका बीच अवार्ड प्रदान गरेको हो।  


    पुरस्कार स्वरुप संघलाई एक लाख रुपैयाँ र ताम्रपत्र प्रदान समेत प्रदान गरिएको छ।

    संघलाई विशेष गरी सन् २०२५ मा नेपालमा रेजिडेन्ट चिकित्सकहरूको अधिकार र भत्ताहरू सुनिश्चित गर्ने संघर्ष र योगदानको कदर स्वरूप यो पुरस्कार प्रदान गरिएको हो। 


    नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्कीले यस किसिमको अवार्डले काम गर्न थप हौसला मिल्ने गरेको बताउनुभयो । 

    अवार्ड पाउनु खुशी र गर्वको कुरा भएको भन्दै कार्कीले  चिकित्सक संघ सधै आफ्नो काम र कर्तव्यप्रति जिम्मेवार रहेको बताउनुभयो।

    यो अवार्ड नेपालमा स्वास्थ्य सेवा सुधारमा योगदान दिने र स्वास्थ्यकर्मीहरूको पेशागत अधिकार सुदृढ पार्ने व्यक्तित्व, समूह वा संस्थालाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको हो। यो अवार्ड हरेक वर्ष प्रदान गरिने समाजले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार