• मंगलबार, ३ कात्तिक २०८३
  • images

    स्वास्थ्य बीमाको बाँकी भुक्तानी तुरुन्त गर्न निर्देशन

    स्वास्थ्य बीमाको बाँकी भुक्तानी तुरुन्त गर्न निर्देशन

    बिहीबार , मंसिर २५ २०८२
    बिहीबार , मंसिर २५ २०८२
    स्वास्थ्य बीमाको बाँकी भुक्तानी तुरुन्त गर्न निर्देशन

    काठमाडौं, २५ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले स्वास्थ्य बीमाको भुक्तानी रोकिनु स्वास्थ्य सेवा प्रणालीमै अवरोध  ल्याउन सक्ने चेतावनी दिनुभएको छ ।

    इन्टरनेशनल कन्फरेन्स अन हेल्थ इकोनोमिक्सलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य मन्त्री  शुधा शर्मा गौतमलाई नियुक्ति पाएको दिनदेखि नै सबै बाँकी भुक्तानी तुरुन्त गर्न निर्देशन दिएको बताउनुभयो। 

    images

    बिमाको भुक्तानी अघिल्लो सरकारले बाँकी राखे पनि अहिले सरकारले तिर्नै पर्छ, नत्र अस्पतालले सेवा दिन नसक्ने अवस्था आउँछ,' उहाँले भन्नुभयो ।

    अर्थमन्त्री खनालले १६–१७ वर्षअघि अर्थसचिव रहँदा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्ने प्रयास गरिएको स्मरण गर्नुभयो । त्यतिबेला कम्तीमा ८ प्रतिशतसम्म पुर्याउन सफल भए पनि अहिले स्वास्थ्य खर्च न्यूनतम तहमा झरेकोले चिन्ता बढाएको बताउनुभयो। उहाँले सरकारको समग्र बजेट बढ्दै छ, तर स्वास्थ्यमा विनियोजन घट्दै जानु राम्रो नभएको बताउनुभयो ।

     

    उहाँले स्रोतको अभावभन्दा स्रोतको सही उपयोग र प्राथमिकताको अभाव नै ठूलो समस्या रहेको बताउनुभयो।


    उहाँले तथ्य र अध्ययनबिना अर्थ मन्त्रालयले बजेट कटौती नगर्ने स्पष्ट गर्दै कतिपय अनावश्यक स्वास्थ्य सेवा प्रदान भइरहन पुगेकोबारे पुनः अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

     बाजुरामा सरकारी निःशुल्क औषधि निजी फार्मेसीमा बिक्री भइरहेको देखिएको उल्लेख गर्दै खनालले  राज्यको लगानी दुरुपयोगमा स्वास्थ्य प्रणालीभित्रकै कर्मचारी संलग्न भएको तथ्य बाहिर आएको बताउनुभयो।

    सरकारले समग्र बजेट बढाउँदै गए पनि स्वास्थ्य क्षेत्रमा हुने विनियोजन उल्टै घट्दै जानु गम्भीर कमजोरी भएको बताउनुभएको छ ।

    अत्यावश्यक औषधि समयमा किन्न नसक्नु, आवश्यकताअनुसार वितरण गर्न नसकनु, तीनै तहका सरकारबीच समन्वय कमजोरी रहनुजस्ता चुनौती समाधान गर्न खुला ढंगबाट समस्याको पहिचान आवश्यक रहेको उनले बताउनुभयो ।
     स्वास्थ्यमा लगानी गर्दा त्यसले दिने प्रतिफलको अध्ययन अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार