• सोमबार, २ कात्तिक २०८३
  • images

    गेटा आँखा अस्पतालको शिविरमा १०४ जनाको मोतिबिन्दु शल्यक्रिया  गर्नुपर्ने

    गेटा आँखा अस्पतालको शिविरमा १०४ जनाको मोतिबिन्दु शल्यक्रिया  गर्नुपर्ने

     ६७८ जनाको आँखा परीक्षण 

    सोमबार, मंसिर २२ २०८२
    सोमबार, मंसिर २२ २०८२
    गेटा आँखा अस्पतालको  शिविरमा १०४ जनाको  मोतिबिन्दु शल्यक्रिया  गर्नुपर्ने

    धनगढी,२२ मंसिर ।  धनगढीस्थित गेटा आँखा अस्पतालले सञ्चालन गरेको एक दिने आँखा स्वास्थ्य शिविरमा ६७८ जनाले आँखा परीक्षण गराएका छजन् ।

    कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा भएको उक्त शिविरमा नेपाल नेत्रज्योति संघ अन्र्तगतको गेटा आँखा अस्पताल र बेलडाँडी गाउँपालिकाको संयुक्त आयोजना तथा रुईत फाउन्डेशनको सहयोगमा मंसिर २० गते सम्पन्न भएको हो ।

    images

    रौलेश्वर जनता बहुमुखी क्याम्पसमा सञ्चालन भएको शिविरमा १०४ जनालाई निःशुल्क मोतिबिन्दु शल्यक्रियाका लागि गेटा आँखा अस्पताल पठाइएको छ ।

    अरु आँखाका बिरामीलाई शिविरमै निःशुल्क औषधि उपचार प्रदान गरिएको छ । २०३ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।

    उपचारका लागि अस्पताल पुग्न कठिनाइ भएका तथा आर्थिक अभावले सेवा नपाएका स्थानीयका लागि शिविर लाभदायक बनेको जनाइएको छ । गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख तथा वरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टको नेतृत्वमा गेटा आँखा अस्पताल र आँखा अस्पताल महेन्द्रनगरका ११ जनाको टोलीले सेवा प्रदान गरेको थियो ।

    शिविर व्यवस्थापनमा बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा नेपाल प्रहरीका सुरक्षाकर्मीले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

    प्रदेशभर अन्धोपन न्यूनीकरणका लागि गेटा आँखा अस्पतालले ९ जिल्लाका २९ शाखामार्फत नियमित सेवा दिँदै आएको छ । 

    यस्तै  विभिन्न संस्थाको सहकार्यमा वर्षमा ५० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गर्दै सेवा पहुँच विस्तार गरिरहेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार