• शनिबार, ७ कात्तिक २०८३
  • images

    शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि परेन आवेदन 

    शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि परेन आवेदन 

    शुक्रबार, मंसिर १९ २०८२
    शुक्रबार, मंसिर १९ २०८२
    शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि परेन आवेदन 

    काठमाडौं,१९ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दोस्रो पटक विज्ञापन गर्दा पनि आवेदन नपरेपछि  देशभक्त सन्तानलाई उपलकुपतिमा आवेदन दिन माग गर्नुभएको छ ।

    शुक्रबार शिक्षामन्त्री पुनले धनगढीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुई पटक आवेदन गर्दा पनि नपरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत मातृभूमीको सेवा गर्ने उद्देश्यले आवेदन दिन देशभक्त सन्तानलाई आग्रह गर्नुभयो ।

    images

     धनगढीमा रहेको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदको विज्ञापन दुई पटक गर्दा पनि कसैको निवेदन परेन,मन्त्री पुनले भन्नुभयो,‘त्यसैले मातृभूमीलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राडा भई १० वर्ष काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस् ।’ 

    उपकुलपतिका लागि मापदण्ड पिएचडी वा एमसीएच गरेको हुनुपर्ने, प्राडा भएर १० वर्ष काम गरेको हुनुपर्ने, ६१ वर्ष ननाघेको हुनुपर्नेलगायतका कडा मापदण्डका कारण दुई पटक विज्ञापन गर्दा पनि आवेदन नगरेको शिक्षा मन्त्रालय स्रोतको दावी छ ।

     शिक्षा मन्त्रालयले १६ कात्तिकमा पहिलोपटक शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधी, २०८२’ अनुसार योग्यता पुगेका नागरिकबाट उपकुलपति तथा रजिष्ट्रारका लागि आवेदन माग गरेको थियो । 

    मन्त्रालयले १५ दिनको समय राखेर आवेदन माग गरेकोमा समयावधिभित्र उकुलपति पदमा आवेदन परेन भने रजिष्ट्रारका लागि १० जनाले आवेदन दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार