• बिहीबार , ५ कात्तिक २०८३
  • images

    निर्वस्त्र अवस्थामा ११ वर्षीया बालिका मृत फेला

    निर्वस्त्र अवस्थामा ११ वर्षीया बालिका मृत फेला

    आइतबार, असोज १२ २०८२
    आइतबार, असोज १२ २०८२
    निर्वस्त्र अवस्थामा ११ वर्षीया बालिका मृत फेला

    धनगढी, १२ असोज । धनगढीबाट बिहीबार साँझ बेपत्ता हुनुभएकी बालिका मृत भेटिनुभएको छ ।

     धनगढी उपमहानगरपालिका ३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिनुभएको हो ।
    प्रहरीका अनुसार रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको हो । निर्वस्त्र अवस्थामा भेटिएको शवभन्दा करिब दुई सय मिटरको दूरीमा बालिकाको कपडा भेटिएकाे छ ।  

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी राजकुमार सिंहले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी गराउनुभयो  । 

    परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार