• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य बिमा नवीकरणमा ढिला भए चारगुणा बढी जरिवाना लाग्ने 

    स्वास्थ्य बिमा नवीकरणमा ढिला भए चारगुणा बढी जरिवाना लाग्ने 

    बुधबार, भदौ ११ २०८२
    बुधबार, भदौ ११ २०८२
    स्वास्थ्य बिमा नवीकरणमा ढिला भए चारगुणा बढी जरिवाना लाग्ने 

    काठमाडौँ, ११ भदौ । तोकिएको समयमा स्वास्थ्य बिमा नवीकरण नगरेमा चार गुणा सम्म थप शुल्क लाग्ने भएको छ । 

    स्वास्थ्य बिमा बोर्डले सूचना जारी गर्दै बीमित परिवारले तोकेको समयभित्र बिमा नवीकरण नगरे थप शुल्क लाग्ने व्यवस्था गरेको जानकारी गराएको छ ।   

    सूचना अनुसार बोर्डले विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बीमित परिवारलाई आगामी असोज मसान्तसममा बीमा नवीकरण गरेमा एक पटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । 

    बोर्डले असोज मसान्तभित्र नवीकरण गरेमा कुनै थप शुल्क नलाग्ने निर्णय गरेको हुँदा अनलाइन प्रणाली वा दर्ता सहयोगीमार्फत बिमा नवीकरण गर्न बोर्डले सम्पूर्ण बीमितलाई अनुरोध गरेको छ । 

    उक्त अवधि पछि म्याद गुजारी नवीकरण गर्ने बीमित परिवारलाई थप शुल्क लाग्ने बोर्डको सूचनामा उल्लेख छ ।  

    सूचना अनुसार म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा  कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्ने छ । छ  महिनाभित्र नवीकरण गरेमा योगदान रकमको ३० प्रतिशत थप शुल्क लाग्ने, छ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत थप शुल्क लाग्ने व्यवस्था गरेको छ । 

    त्यसैगरी, एक वर्षभन्दा बढी भएमा योगदान रकमको शतप्रतिशत थप शुल्क लाग्ने, दुई वर्षभन्दा बढी भएमा योगदान रकमको तीन गुणा बराबरको शुल्क लाग्ने र तीन वर्षभन्दा बढी भएमा योगदान रकमको चार गुणा बराबरको शुल्क लाग्ने बोर्डले सूचना उल्लेख छ । 
    हेरौँ सूचनाः 

    539424807_24349008844761801_8141033765316996931_n-1756289877.jpg540404652_24349008911428461_1268039843795210190_n-1756289877.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार