भदौ २९ सम्म आवेदन दिनुपर्ने
काठमाडौँ, ५ भदौ । त्रिवि शिक्षण अस्पतालले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ ।
अस्पतालले एक सूचना प्रकाशित गर्दै हेल्थ असिष्टेन्टदेखि क्लिनिकल रजिष्ट्रारसम्म माग गरेको छ ।
सूचना अनुसार हेल्थ असिष्टेन्ट ५ जना, क्लिनिकल रजिष्ट्रार सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजी १, न्यूरो सर्जरी १, रेडियोलोजी १ जना माग गरेको छ ।
यसैगरी अस्पतालले कानुनी सल्लाहकार र प्राविधिक अधिकृत , क्लिनिकल इम्ब्रायोलोजिष्ट १, फिजियोथेरापी २, बायोमेडिकल इन्जिनियर १, क्लिनिकल एडमिनिष्ट्रेटर १ गरी जम्मा १५ जनाको लागि दरखास्त खुलाएको छ ।
योग्यता पुगेका इच्छुकले भदौ २९ सम्म दरखास्त बुझाउन सक्नेछन् ।
हेरौँ सूचनाः
